गरिबको गीत 'अति भयो अति' सार्वजनिक
चर्चित गीतकार शिव सुबेदीको शब्दमा ‘गरिबको गीत, अति भयो अति’ सार्वजनिक भएको छ । सरकारको
कार्यशैलीबाट निराश भएका जनताको आवाज स्वरूप आफूले यो गीत ल्याएको गीतकार सुबेदीले
बताए । गीतकार सुबेदी नेपाली गीत लेखन र प्रकाशनमा सक्रिय रहँदै आइरहेका छन् ।
उनका दर्जनौँ गीतहरू सुपर हिट भएका थिए ।
भुल्नै भयो धौ, घामले नि पोल्दियो जुनले नि जाडो भो,
किन यस्तो हुन्छ लगायत दर्जनौँको सङ्ख्यामा चर्चित गीतहरू नेपाली
गीत सङ्गीत क्षेत्रलाई प्रदान गरेका
गीतकार सुबेदी उच्चशिक्षा ‘पिएचडी’ अध्ययनको
सिलसिलामा स्विजरल्याण्ड मा रहँदै आएका छन् ।
पहिला पनि गीतकार सुबेदीका यस
प्रकारका गीतहरू प्रकाशित भइसकेका थिए ।
धेरै कलाकारको सामूहिक आवाजमा सार्वजनिक चासोको विषयमा ‘खै हाम्रो दिलमा त
घामै लागेन’ भन्ने गीत पाँच वर्ष पहिले नै प्रकाशित भैसकेको
थियो त्यसमा पनि धेरै कलाकारको आवाज समेटिएको थियो । यस पटकको ‘गरिबको गीत’मा पनि दश जना कलाकारहरू सहभागी छन् ।
पुरुष कलाकार तर्फ कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती रहेका छन्
भने महिला कलाकार तर्फ मञ्जु पौडेल,टिका सानु, कमला पोखरेल,सुनिता बुढा र सम्झना भण्डारीको स्वरमा
यो गीत रेकर्ड गरिएको छ । गीतको भिडियो शिब सुबेदीको युट्युब च्यानलबाट
सार्वजानिक भएको छ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें