ए भेना धन्नै मलाई लएन आँधिखोलै ले -रत्यौली गीत
नेपाली लोक परम्परामा आधारित यो गीत स्याङ्जा
जिल्लाको आँधिखोलाको सेरोफेरोमा गाइने गरेको गीत हो । रत्यौली गीत भन्ने बित्तिकै
अलिकति बढी स्वतन्त्र हुने र यौन विम्बहरूको प्रयोग बढी नै हुने गरेको पाइन्छ ।
विवाहको समयमा बेहुला पक्ष बेहुली लिन गइसकेपछि बेहुला पक्षका महिलाहरू एकत्रित
भएर वैवाहिक अवस्था र घरेलु चालचलन को बारेमा गीत मार्फत अभिव्यक्ति दिने र नृत्य
गर्ने अनि महिलाले पुरुष भेष धारण गरेर विपरीत लिङ्गीको हाउभाउ देखाउँदै मनोरञ्जन
गर्ने परम्परा नै रत्यौली परम्परा हो । रत्यौलीको आफ्नै मौलिक लय हुन्छ । त्यो लयलाई
संरक्षण गर्दै परिवर्तित समय अनुसार महिला र पुरुष दुवैको सहभागितामा रत्यौली
खेलिने किसिमले यो गीत तयार पारिएको छ । आँधिखोलाको सेरोफेरो र कालिखोलाको
सेरोफेरो दुई जिल्लाका कलाकारहरूले आफ्नो आफ्नो क्षेत्रमा रहेका खोलाको नाममा थेगो
गाउनुभएको छ । यो प्रचलित लोकगीत भएको कारण आजभन्दा अगाडि नै कुनै अग्रज कलाकारले
सङ्कलन गरिसक्नुभएको पनि हुन सक्दछ ।
ए भेना धन्नै मलाइ लगेन आँधीखोलैले भन्ने यो गीतमा गोबिन्द चापागाईं र शान्ता वर्देवाको स्वर रहेको छ भने लय गोबिन्द चापागाईं र थेगो गोपीकृष्ण पंगेनीले संकलन गरेका छन् । स्याङ्जा को स्वरेक महापुर खण्डमा बिशेष गरि यो गीतको प्रभाव निकै रहेको बुझ्न सकिन्छ । आँधिखोला को सेरोफेरोमा प्रायः रत्यौलिहरूमा यो गीत मा प्रमुखताका साथ् नाच्ने परम्परा रहेको कुरा गायक गोबिन्द चापागाईले बताए ।
Aandhi Kholaile ||आँधीखोलैले || New Nepali Ratyauli
Geet 2077 By Gobinda Chapagain & Shanta Bardewa.
Audio
=================================================
Vocal: - Gobinda Chapagain & Shanta Bardewa.
Lyrics: - Gobinda Chapagain.
Music Collection: - Gobinda Chapagain.
Thego Collection:- Gopi
Krishna Pangeni.
Sahnai: - Kishan Pariyar.
Sarangi/Basuri: - Dibash Thapa Magar.
Madal:- Nishchal Dawadi.
Mixing/Mastering/Arrangement: - Dibash Thapa Magar.
Recording: - Shahil Gayak.
Studio: - Namaste Pokhara .
==============================================
Video Crew
==============================================
Casts: - Asmita Pariyar / Nishchal Dawadi/ Anita Panta/ Kabita
Budhathoki.
Direction: - Shiva (Raja) Bhurtel.
Camera: - Shiva (Raja) Bhurtel.
Camera Assistant:- Suresh Bhurtel.
Light: - Rajan Subedi,
Makeup: - Binita Subedi.
Edit: - Subas Amgain
Production: - Durga Pangeni
Shooting Location: - Sherachaur, Kaski.
==============================================
Special Thanks:
==============================================
Kiran Adhikari
Tilu Sharma Poudel
Kishan Nirdosi
Manoj Nepali (Kale)
साथै सम्पूर्ण
शेराचौर गाउँ निवासी शुभचिन्तक ज्यु हरु
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें