पर्वत सेवा समाज नेपाल द्वारा विपन्न बिमारीहरु लाई आर्थिक सहयोग
मङ्सिर
२९, पर्वत,
कुस्मा नगरपालिका वार्ड नं ८, चुवा
निवासी तिलक परियारका छ वर्षीय छोरा प्रमोद परियार दुवै मिर्गौला फेल भई
कान्ति बाल अस्पतालमा उपचार भइरहेको र वहाँ हरुलाई आर्थिक सहयोगको आवश्यकता परेको
कुरा जानकारीमा आएकोले पर्वत सेवा समाज नेपालले नगद दश हजार सहयोग गरेको छ।
कुस्मा
नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी टिका प्रसाद शर्मा कि ४४ वर्षीय श्रीमती
अमृता शर्मा लामो समय देखि बिरामी भई उपचाररत रहनु भएको र वहाँको नियमित डायलसीस
को लागि पर्वत सेवा समाज नेपालले बिरामीका श्रीमान् टिका प्रसाद शर्मा लाई रु दश
हजार सहयोग गरेको छ।
फलेवास
नगरपालिका वार्ड नं ३ शङ्कर पोखरी निवासी ४५ वर्षीय लक्ष्मी जैसी तिवारी मङ्सिर ७
गते रुखबाट लडेर मेरुदण्डमा समस्या भएपछि पोखरा हरियो खर्क अस्पतालमा उपचार
भइरहेको र आर्थिक सहयोग आवश्यक रहेकोले पर्वत सेवा समाज नेपालले रु दश हजार आर्थिक
सहयोग उपलब्ध गराएको छ।
पर्वत
जिल्ला, फलेवास
नगरपालिका वार्ड नं ११, पाङराङ निवासी सेते नेपालीको छोरा गणेश नेपालीलाई पक्ष घात
भएको र उहाँको आर्थिक अवस्था एकदम कमजोर भएको कारण उपचार गर्न नसकिरहेको अवस्थामा
पर्वत सेवा समाज नेपाल द्वारा रु १० हजार सहयोग गरेको छ।
विहादी गाउँपालिका वडा न ३ रानिपानी निवासी गोमा पराजुली ब्रेन
ह्याम्बरेज भएर लामो समय उपेन्द्र देवकोटा मेमोरियल हस्पिटल काठमाडौँमा राखी उपचार
गराइरहेको र हाल नेचर केयर हस्पिटल भरतपुरमा उपचाररत हुनुहुन्छ । यसरी उपचार गर्दै
गर्दा आर्थिक रूपले कमजोर रहेकाले पर्वत सेवा समाज नेपालको तर्फबाट रु दस हजार
सहयोग गरेको छ।
पर्वत सेवा समाज नेपाल पर्वत जिल्लामा समाजसेवामा
सक्रिय संस्था हो ।
संस्थाकी अध्यक्ष
एबम नेपाली कांग्रेस की युवा नेत्री मुना भुसालको साथमा पर्वत सेवा समाज
नेपालका कार्यसमिति सदस्यहरूले उक्त रकम बिमारीका आफन्तलाई हस्तान्तरण गर्नुभएको
थियो । संस्थाले जिल्लामा यस किसिमका धेरै सहयोग
उपलब्ध गराउदै आएको र आगामी दिनहरूमा पनि पर्वत जिल्लाको समग्र विकाश र दीनदुखीको
सहयोगमा काँध मा काँध मिलाएर अगाडी बढ्ने संस्थाको लक्ष रहेको कुरा संस्थाकी
अध्यक्ष मुना भुसालले बताउनुभयो।
पक्षघातका बिमारी गणेश नेपालीलाई सहयोग हस्तान्तरण गर्दै:
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें